Logo

Breaking News 1

अहिले प्राप्त भएको सुख, सुविधा तथा विकासमा ज्येष्ठ नागरिकहरूको ठुलो भूमिका छ : उपप्रमुख डंगोल


२२ फाल्गुन २०८१, बिहिबार  

69
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र वडाअध्यक्ष दलबहादुर कार्कीले ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । उनीहरुले सम्मान पत्रमा (मायाको चिनो) र ररुद्राक्षको मालाले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।

काठमाडौं महानगरपालिकाको वडा नं. ३० ले ४३७ जना वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । उक्त सम्मान गर्दै उपप्रमुख डंगोलले, वरिष्ठ ज्येष्ठ नागरिकको सक्रियताबाट आफूलाई पनि उत्प्रेरणा मिलेको बताइन् ।

उनले ज्येष्ठ नागरिकले आफ्नो उर्जाशील उमेरमा सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिकलगायत विभिन्न क्षेत्रको विकासका लागि अनुकरणीय काम गरेको बताइन् ।

डङ्गोलले अहिले प्राप्त भएको सुख, सुविधा तथा विकासका लागि ज्येष्ठ नागरिकहरूको सक्रियताले ठुलो भूमिका खेलेको बताइन् । महानगरपालिकाले यस किसिमको सम्मान गरिरहने पनि डङ्गोलको भनाइ थियो ।

वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्कीले सबै उमेर, वर्ग र समुदायलाई समान दृष्टिले व्यवहार गर्ने महानगरपालिकाको नीतिअनुरुप ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको बताए । ‘युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासका लागि ज्येष्ठ नागरिकबाट ज्ञान र सिप लिन आवश्यक छ, कार्कीको भनाइ थियो ।

३० नं. वडाका सचिव देवराज जोशीले ७५ वर्षमाथिकालाई सम्मान गरिएको र अब ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउने योजना पनि रहेको बताए ।

ज्येष्ठ नागरिकहरुले, आफ्ना लागि सोच्ने सरकार रहेको महसुस भएको बताए । ज्येष्ठ नागरिकलाई सम्मान गर्नेले सबैलाई माया र सम्मान गर्ने ज्येष्ठ नागरिकहरुको भनाइ थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ९ : ३५ बजे