२१ फाल्गुन २०८१, बुधबार
२१ फाल्गुन २०८१, बुधबार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौमा बृहत् प्रदर्शन गरेको छ ।
आज (बुधवार) राष्ट्रिय झण्डासहित प्रदर्शनमा १९ सय बढीको सहभागितामा मोटरसाइकल ¥याली निकाल्दै राप्रपाले जनप्रदर्शन गरेको हो ।
प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अधिवक्ता स्वागत नेपालले अहिलेको व्यवस्था ढलिसकेको भन्दै अब छिट्टै देशमा राजा आउने बताए ।
‘नागरिकहरुको चेतना जागृत भएको छ । अहिलेको व्यवस्था ढलिसकेको छ । देश ग्रे लिस्टमा परेको छ ऋण पनि पाउदैन अब, सरकारले कर्मचारी संयन्त्र चलाउनै नसक्ने भएको छ । व्यवस्था ढलिसकेको छ खाली राजसंस्थाको औपचारीक घोषणा मात्र बाँकी छ ।’ उनले थप भने, ‘राजा आउने वित्तिकै स्रोत नखुलेको सबै सम्पत्ती राष्ट्रियकरण हुनेछ । विदेशमा रहेका सबै नेपालीहरु नागरिकतापूर्ण अधिकार प्राप्त हुनेछ ।’
प्रदर्शनीमा ‘राजा आउ, देश बचाऊ’ लगायत नाराहरू लगाइएको थियो ।