Logo

Breaking News 1

अध्यक्ष दाहालले बोलाए विपक्षी दलको बैठक


२१ फाल्गुन २०८१, बुधबार  

161
Shares

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् । बैठक मध्याह्न १२ बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

विपक्षी दलमा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा र आजपालगायतका दलहरु बैठकमा सहभागी हुने बताइएको छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा पाँच अध्यादेश निर्णयार्थ पेश गरिने कार्यसूची छ । पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेपछि अध्यादेशविरुद्ध रणनीति तय गर्न बैठक बस्न लागेको हो । 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ११ : १८ बजे