Logo

मुख्य समाचार

धनुषाका डिएफओ विनोद सिंहले पाए उत्कृष्ट वन प्राविधिक पुरस्कार


२१ फाल्गुन २०८१, बुधबार  

92
Shares

जनकपुर । डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहलाई उत्कृष्ट वन प्राविधिक पुरस्कार २०८१ बाट सम्मानित गरिएको छ ।

वन प्राविधिक संघको ५०औं बार्षिकोत्सव तथा स्वर्ण महोत्सव समारोहमा काठमाडौमा मंगलबार आयोजित एक कार्यक्रममा सो पुरस्कार डिएफओ सिंहलाई प्रदान गरिएको हो ।

वन संरक्षणको कार्यमा अतुलनिय योगदान पुर्याए बापत कार्यको उच्च मूल्यांकन सहित नगद पुरस्कार र प्रमाणपत्रबाट सम्मानित गरिएको छ । पुरस्कारको राशी ४० हजार नगद रहेको छ ।

वन अतिक्रमण नियन्त्रण, भूमाफियाहरुले लालपूर्जा बनाई हकभोग गरिसकेको अरबौं मूल्यको जग्गा फिर्ता ल्याई राज्यको कायम गरेको, वन व्यवस्थापन र सुशासन कायम गर्नमा पनि उनको योगदान रहेको छ ।

डिएफओ सिंहको कामकाजलाई मधेश सरकारले पनि आफनो उपलब्धिको रुपमा राखेको छ । संघीय वन वातावरण मन्त्रालयका सचिव दिपककुमार खरालले सिंहलाई सो पुरस्कार प्रदान गरेका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ९ : ४३ बजे