Logo

मुख्य समाचार

सिन्धुलीको खाङ्साङमा बन्यो प्रहरीको आफ्नै भवन


२१ फाल्गुन २०८१, बुधबार  

92
Shares

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङ्साङमा नेपाल प्रहरीको आफ्नै भवन बनेको छ । वाग्मती प्रदेश सरकारको ३ करोड ४६ लाख २१ हजार ५ सय २४ रुपैयाँको लागतमा सो भवन बनेको हो ।

वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला एवं कानुन मन्त्री सुरजचन्द्र लामिछाने र वाग्मती प्रदेशका प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले मंगलबार संयुक्त रूपमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

आर आर बिल्डर्स चरिकोट दोलखाले २०८० असोज १५ गते भवन निर्माण सम्झौता गरेको थियो । भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लामिछानेले नयाँ भवन बनेपछि प्रहरीलाई सेवा प्रवाह गर्न सहज हुने बताए । उनले प्रहरीलाई सुविधा सम्पन्न बनाउँदै लैजाने योजनामा सरकार रहेको सुनाए ।

प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले सुविधा थपिएसँग प्रहरीले दिने सेवा पनि थप प्रभावकारी हुनुपर्ने बताए । उनले नेपाल प्रहरी जस्तो सुकै कठिन परिस्थितिमा पनि देश र जनता प्रति समर्पित हुँदै आएको संस्था भएको स्पष्ट पारे ।

फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले चौकीले सामुदायिक सुरक्षा र प्रहरी–जनताको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्ति गरिन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ७ : ४३ बजे