Logo

प्रदेश

कमजोर पूँजीगत खचले नेपाल दूरसञ्चार प्राधिकरणको बजेट खुम्चियो : मन्त्री गुरुङ


२० फाल्गुन २०८१, मंगलबार  

0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणको पूँजीगत खर्च एकदमै कमजोर भएको बताएका छन् ।

मंगलवार नेपाल दूरसञ्चार प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले  पूँजीगत खच कमजोर भएकाले बजेट खुम्चिएको बताएका हुन् । 

उनले भने,‘नेपाल दूरसञ्चार प्राधिकरणको पूँजीगत खर्च एकदमै कमजोर छ । त्यो संकेत अहिले पनि देखिरहेको छ । गएको वर्ष कमजोर खर्चका कारणले १.५ प्रतिशत मात्र बजेट पायौ । हाम्रो योजना ३ अरव ३१ करोड माथिको थियो । पूँजीगत खच कमजोर भएकाले बजेट खुम्चिएको छ । सरकारको विधि यस्तै छ । तर त्यो खर्च कहाँ हुन्छ ?’

उनले प्राधिकरणको ऐन परिवर्तन भईरहने भन्दै आफ्नो अनुकुल नियमावली बनाउनु ठुलो रोग भएको बताए ।

उनले राम्रो सरकारको लागि अध्यादेश ल्याएको भन्दै अध्यादेश विरोध गर्नुपर्ने कारण नभएको बताए । मन्त्री गुरुङले सुशासनको लागि पूँजीगत खर्चमा देखिएका बाधाहरु पनि अध्यादेशबाट हट्ने बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ९ : ०१ बजे