Logo

मुख्य समाचार

तीनवटा विधेयकलाई चैत्र मसान्तभित्र टुङ्गो लगाउन अर्थमन्त्रीको आग्रह


२० फाल्गुन २०८१, मंगलबार  

69
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थ समितिमा विचाराधिन रहेका तीनवटा विधेयकलाई चैत्र मसान्तभित्र टुङ्गो लगाउन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै उनले समितिमा विचाराधिक विधेयकहरु आवश्यकताको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको हुनाले चैत्र मसान्तभित्र समितिमा छलफलगरी टुङ्गो लगाउन आग्रह गरेका हुन् ।

उनले भने,‘ सकेसम्म चैत्र मसान्तभित्र यी तीनवटै विधेयकहरु समितिमा छलफल होस् । समितिले निर्णय गरोस् र र समितिको निश्कर्ष प्रतिनिधिसभा समक्ष प्रस्तुत हुन भनेर आग्रह गर्छु । समितिमा विचाराधिन विधेयकहरु आवश्यकताको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको हुनाले यथासिघ्र चाँडो निश्कर्षमा पुग्नको लागि आफ्नो अनुरोधलाई दोहोर्याउन चाहन्छु । चैत्र समान्तभित्र यी तीनवटा नै विधेयक समितिबाट प्रतिनिधिसभामा प्रस्तुत होस् ।’

उनले अहिले विधि निर्माणको काममा ढिलाई यो भन्ने जनस्तरबाट र विज्ञहरुबाट पनि आलोचना भइरहेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण भएको बताए । 

उनले भने,‘अहिले विधि निर्माणको काम अहिले विस्तारै भयो भन्ने जनस्तरबाट पनि आलोचना आइरहेको छ । विज्ञहरुले पनि त्यसखालको टिप्पणीहरु गरिरहेको छन् । विधि निर्माणको काम अलि ढिलो भन्ने दृष्टिकोणबाट आएका सुझावहरु टिप्पणीहरु आलोचनाहरुकोप्रति सरकारको ध्यान गएको छ । विचाराधिन विधेयकहरुलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउने र सभासमक्ष प्रस्तुत गर्ने  सभाबाट पनि चाँडो निर्णय होस् भन्ने सरकारको चाहना छ ।’

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ४ : ४९ बजे