Logo

Breaking News 1

‘सङ्घीय निजाती सेवा ऐनको विवाद निरुपण भइसक्यो, अब चाँडै पारित गर्छौँ’


२० फाल्गुन २०८१, मंगलबार  

46
Shares

पर्सा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टी नेकपा एमालेले देशको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् ।

नेकपा एमाले बिन्दबासिनी गाउँपालिका कमिटीले बिन्दबासिनीको बहुवर्वाभाठ्ठामा आयोजना गरेको दोस्रो गाउँपालिका अधिवेशन कार्यक्रममा मन्त्री गुप्ताले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको चर्चा गर्दै उनले देशको विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको बताएका हुन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले २०५१ मा गठन भएको एमाले नेतृत्वको सरकार र २०७२ को राजनीतिक परिवर्तनपछि गठन भएको सरकारको नेतृत्वले गरेको विकासका कामले आम नागरिकको मन जितेको बताए ।
उनले भने,‘अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको थप आकाङ्क्षा पूरा हुनसक्छ ।’

एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको उनको भनाइ छ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको साथै जनता आवास कार्यक्रम र प्रत्येक गाउँलाई शहरसँग जोड्ने योजनाअन्तर्गत हुलाकी राजमार्गको योजना समेत नेकपा एमालेले ल्याएको उले बताए ।

यस्तै, नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेको वर्तमा सरकारमा आफूले पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देशकै प्रमुख समस्याको रूपमा खडा भएको संघीय निजामती सेवा ऐनको विवाद पटक–पटक वार्ता र छलफल गर्दै अन्तिम चरणसम्म पु¥याएको जानकारी उनले दिए । सो ऐन केही दिनभित्रै पारित गरी राष्ट्रसेवक कर्मचारीहरूलाई खुसी दिने दाबी उनको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ९ : २१ बजे