Logo

Breaking News 1

मौसम पूर्वानुमान : अधिकांश भू-भागहरूमा मौसम सफा रहने


१९ फाल्गुन २०८१, सोमबार  

115
Shares

काठमाडौं । आइतबारदेखि देशभरि मौसम सफा छ । शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भूभागमा मौसम बदली र वर्षाको स्थिति थियो ।

आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ । सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको आंकलन छ ।

आज पनि बिहानैदेखि अधिकांश भूभागहरूमा मौसम सफा छ । दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मुख्यतय सफा रहने पूर्वानुमान छ ।

त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : २२ बजे