मेष राशि
बिहान केही खर्चिलो काम गर्नुपर्ने देखिन्छ। टाढाका आफन्तसँग सम्पर्क बढ्नेछ। यात्राको साइत जुर्न सक्छ। दिउँसो परिस्थिति अनुकूल बन्नाले नयाँ काम सुरु हुनेछ।
बृष राशि
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नाले नयाँ जिम्मेवारी समेत पाइनेछ।
मिथुन राशि
मिहिनेतले पहिलेको स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्।
कर्कट राशि
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। बिहानको योजना दिउँसोतिर कार्यान्वयन गर्न सकिनेछ।
सिंह राशि
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
कन्या राशि
बिहानको समय उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राका बीच मानसम्मान प्राप्त हुनेछ। व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ।
तुला राशि
बिहानको समय संघर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ।
बृश्चिक राशि
दिन उत्साहजनक रहनेछ । बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ ।
धनु राशि
बिहानको काम सन्तोषजनक नभए पनि दोहोर्याएर प्रयास गर्नुहोला। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
मकर राशि
विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। तर योजना सार्वजनिक नगर्नुहोला।
कुम्भ राशि
बिहानको योजना दिउँसोतिर कार्यान्वयन हुनेछ। शुभचिन्तकको साथ–सहयोग जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ।
मीन राशि
बिहानको समय विशेष भेटघाट र परिस्थिति मिलाउन जुट्नुपरे पनि दिउँसोतिर चिताएको काम सम्पादन हुनेछ। बौद्धिक कलाको प्रभाव बढ्नेछ।
प्रतिक्रिया