काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटकीय पुर्वाधार विकासको लागि निजी क्षेत्रको अत्यन्त महत्वपुर्ण रहेको बताएका छन् । शनिबार पोखराको सराङकोट धाममा निर्माण भएको विशाल पञ्चमुखी गणेश मूर्ति एवम् देवालयको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले पर्यटकीय पुर्वाधारको विकासमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बताउनुपर्ने बताएका हुन् ।
उनले भने,‘पर्यटकीय पुर्वाधारको विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपुर्ण भुमिका हुन्छ । निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन स्थानिय, प्रदेश र संघ सरकारले उपयुक्त निति नियम र कानून निमार्ण गरेर प्रोत्साहन गरिदिनुपर्छ ।’
उनले देश र जनताको लागि थुर्पै काम गर्न बाकी रहेको भन्दै राष्ट्र निमार्णको महा यज्ञमा जुट्न सबैलाई अपिल समेत गरे ।
यस्तै, संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मानिसलाई धर्म र सस्कृतिले सुख दिने बताएका छन् । उनले अब विश्वलाई धर्म र सस्कृतितिर डोर्याउनुपर्ने बताए ।
प्रतिक्रिया