जनकपुर । विद्यार्थी मञ्चले संगठन विस्तारलाई तीव्र बनाएको छ । यसै क्रममा मञ्चले शनिबार राराब क्याम्पस जनकपुरधाममा इकाई कमिटी गठन गरेको छ ।
२२ सदस्यीय इकाई कमिटीको अध्यक्षतामा आरती झा चयन भएकी छन् । कमिटी गठन कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता संजय कुमार चौधरी, दिपक झा, समीर सिद्दीकी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
विद्यार्थी नेताहरूले गुणस्तरीय शिक्षा, उचित शुल्क व्यवस्था, छात्रवृत्तिको सहज पहुँच र शिक्षण संस्थाहरूमा पारदर्शिता कायम गर्न मञ्चले निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय विद्यार्थी मञ्चले हालको शिक्षा प्रणालीमा सुधारको माग गर्दै नयाँ रणनीति तयार पारेको छ । संगठनका नेताहरूले निजी तथा सरकारी शिक्षण संस्थाहरूमा विद्यार्थीमैत्री नीति लागु गराउने, सुविधा सम्पन्न पुस्तकालयको स्थापना र शिक्षक–विद्यार्थी सम्बन्ध सुधार गर्न दबाब दिने बताएका छन् ।
स्ववियु निर्वाचनलाई केन्द्रमा राख्दै संगठनले विद्यार्थीहरूलाई संगठित गर्दै शिक्षा सुधार र संस्थागत विकासका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया