काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल र जापानबीच ऐतिहासिक प्रगाढ सम्बन्ध रहिआएको बताएका छन् ।
शनिबार नेपाल जाइका अलमनाई एशोसियसनको ५१ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल र जापानबीच एसियाका ज्योति भगवान बुद्धको शिक्षाबाट प्रभावित पूरानो सामाजिक, सांस्कृतिक, सम्बन्ध रहि आएको बताएका हुन् ।
उनले भने, ‘नेपाल र जापानबीच ऐतिहासिक प्रगाढ सम्बन्ध रहिआएको छ । सन् १९५६ मा कुटनीतिक सम्बन्ध भएयता दुई देशबीचको सम्बन्ध थप घनिष्ठ एवम् मैत्रिपूर्ण रुपमा अगाडि बढीरहेको छ । दुई देशबीच औपचारिक कुटनीतिक सम्बन्धको प्रारम्भ हुनुअघि पनि जनस्तरमा दुइपक्षीय सम्बन्ध उत्तिकै बलियो रहिआएकोमा खुसी व्यक्त गर्दछु । नेपालले सधैं जापानसँगको सम्बन्ध र सहयोगलाई उच्च महत्व दिएको छ । नेपाल र जापानबीच एसियाका ज्योति भगवान बुद्धको शिक्षाबाट प्रभावित पूरानो सामाजिक, सांस्कृतिक सम्बन्ध रहि आएको छ ।’
साथै उनले समय समयमा दुई देशबीच हुने गरेका उच्च स्तरीय भ्रमण तथा विचार आदानप्रदानले नेपाल र जापानबीच रहिआएको अति घनिष्ठ एवम् मैत्रिपूर्ण सम्बन्धको एउटा विशेष आयाम भएको बताए ।
उनले भने, ‘समय समयमा दुई देशबीच हुने गरेका उच्च स्तरय भ्रमण तथा विचार आदानप्रदान नेपाल र जापानबीच रहिआएको अति घनिष्ठ एवम् मैत्रिपूर्ण सम्बन्धको एउटा विशेष आयाम हो । यी भ्रमणहरुले हाम्रा दुई देशबीचको गतिशिल सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको छ ।’
यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले नेपालको हरेक विकासमा जापानको भूमिका रहेको बताए । उनले जापान र नेपालको मित्रता पूरानो भएकाले नेपालको सम्पूर्ण विकास निर्माणदेखि लिएर, सामाजिक, सांस्कृतिक विकासदेखि लिएर सबै कुरामा जापानको भूमिका रहि आएको बताए ।
उनले भने, ‘नेपाल सरकार र जापान सरकारबीचको करिब ७० वर्ष पूरानो सम्बन्ध छ । नेपाल जापानको असल मित्र हो, मित्रताकै कारणले नेपालको सम्पूर्ण विकास निर्माणदेखि लिएर सामाजिक विकासदेखि यहाँका सांस्कृतिक विकासदेखि लिएर सबै कुरामा जापानको भूमिका रहि आएको छ । जापान राम्रो गन्तव्य हो जहाँ अत्यन्त ठूलो अवसर पनि छ । सिक्ने कुरा पनि छन् । संसारको सबैभन्दा डेभलप टेक्नोलोजि सिक्ने वातावरण जापानमा छ । काम गर्ने संस्कृति जापानबाट सिक्न सक्छौं जो त्यो काम गर्ने संस्कृति नेपालमा धेरै कम मात्रामा छ ।’
प्रतिक्रिया