Logo

Breaking News 1

माध्यमिकी परिक्रमाका आज गिरिजा स्थान (फुलहर) पुग्दै


१७ फाल्गुन २०८१, शनिबार  

69
Shares

जनकपुर । मिथिला माध्यमिकी परिक्रमाका आज भारतको गिरिजा स्थान (फुलहर) पुग्दैछ । मिथिलाको महाकुम्भ भनिने १५ दिने परिक्रमा यात्रा बिहीबारदेखि सुरु भएको छ ।

धनुषाको मिथिलाविहारी–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट मिथिलाविहारीको प्रतिमा डोलामा राखी सुरु भएको यात्रा जनकपुरधाम–८ स्थित अग्निकुण्डको सुन्दर सदनबाट किशोरीजीको डोला लिँदै अघि बढेको छ ।

पहिलो दिन धनुषाको हनुमानगढीमा रात्रि विश्राम गरेको परिक्रमाको टोली दोस्रो दिन रात्रिबासका लागि भारतको मधुवनी जिल्लामा पर्ने कलना पुगेको थियो भने आज गिरिजा स्थान फुलहर) पुग्दै छ ।

नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छ । परिक्रमामा श्रद्धालु भक्तजनहरुले नेपाली भू–भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दुरी परिक्रमा गर्ने गर्छन ।

आईतबार महोत्तरीको मटिहानी गर्नेछ भने त्यस्को अर्को दिन मडई, ध्वरुकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्नेछ कञ्चनवनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौलहुँदै पुनः कल्याणेश्वरबाट जनकपुर र्फकेर विश्राम गर्छन् ।

फागुन पुणिर्माका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तरगृह परिक्रमा पुरा गरेर घर र्फकने गर्छन् । अन्तरगृह परिक्रमाको भोलीपल्ट जनकपुरमा होली खेलिने परम्परा रहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १० : ३७ बजे