Logo

प्रदेश

देशभित्र रोजगारीको व्यवस्था गर्नुपर्ने आजको आवश्यकता हो’


१६ फाल्गुन २०८१, शुक्रबार  

115
Shares

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफ्नो देश र गाँउ छोड्न नपर्ने गरि रोजगारीको व्यवस्था गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार भक्तपुरमा आठौँ महाधिवेशन समारोहलाई उद्घाटन गर्दै उनले सरकारले नेपालका हरेक गाँउ, नगर, जिल्ला र प्रदेशका युवा युवतीहरुलाई विदेश लखेट्ने काम गरेको भन्दै आफ्नो देश र गाँउ छोड्न नपर्ने गरि रोजगारीको व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने, ‘सरकारले आफ्नो मानिसलाई रोजगारी दिने नाममा सरकारी ढुकुटी ठाँउ ठाँउमा छर्नु न त समाजवाद हो न त रोजगारीको व्यवस्था गर्नु हो । नेपालका हरेक गाँउ, नगर, जिल्ला र प्रदेशका युवा युवती र कामदारहरुलाई विदेश लखेट्ने होईन् जसरी आजको सरकारले गरिरहेका छन् । आफ्नो देश र गाँउ छोड्न नपर्ने गरि रोजगारीको व्यवस्था गर्नु आवश्यक छ ।’

यसको साथै, उनले सरकारमा गएका कुनै पनि पार्टीसँग उद्देश्य नभएको कारण सबै पार्टीले देशलाई लथालिङ् गरेर छोडेको बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : २६ बजे