Logo

मुख्य समाचार

१० जना फरार प्रतिवादी पक्राउ


१६ फाल्गुन २०८१, शुक्रबार  

92
Shares

रौतहट । रौतहट प्रहरीले १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा अपराधिक क्रियाकलाप गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार  जिल्लाको विभिन्न ठाउँबाट लुकिछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ हुनेहरुमा कुटपिटमा साफी आलम , शिक्षा समन्धिमा सुनिता कुमारी , जालसाजीमा महेन्द्र साह , जुवामा शेख हैदर अलि, कुटपिट लुटपिटमा रुवाना खातुन, किर्ते जालसाजीमा नन्दकिशोर राम, वनमा राम एकवाल चौधरी, मोटरसाइकल चोरीमा निरन्जान पसवान, चेक अनादरमा प्रभु हजरा र घरेलु हिंसामा मेघु हजरा रहेका छन । पक्राउ परेका १० जनालाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा  उपस्थित गराईएको प्रवक्ता रायले बताए । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार रहेका प्रतिवादीलाई पक्राउ अभियान नै संचालन गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ४ : ४६ बजे