Logo

मनोरञ्जन

चर्चित ज्योतिष पण्डित डा.अधिकारीका तीनवटा गीत सार्वजनिक


१६ फाल्गुन २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । गीतकार एवम चर्चित ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीका तीन वटा भिडियो एवम अडियो गीत सार्वजनिक भएका छन् ।

शुक्रबार पराशक्ती ज्योतिष सेवा तथा कर्मकाण्ड संस्थानको आयोजना तथा गीतकार संघ नेपालको संयोजनमा डा.अधिकारीका दुई भिडियो र एक अडियो गीत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गीतकार डा.अधिकारीद्वारा रचना गरिएका ‘अब अति भइसक्यो’, राष्ट्रभक्ति ‘आमा’ र ‘आउन माया आउ मेरो हात समाउ’ गीत सार्वजनिक गरिएको हो ।

बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवम संविधानविद भीमार्जुन आचार्यले डा. अधिकारीका सिर्जना र सक्रियताकाबारेमा चर्चा गरेका थिए ।

त्यस्तै गीतकार संघका अध्यक्ष बसन्त थापाले डा.अधिकारीले नेपाली गीत संगीतमा पुर्याएको योगदानको चर्चा गरे । डा.अधिकारीले रचना गरेका गीतहरुमा प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बु, सदिक्षा कट्टेल, रोजिना बस्नेतले स्वर भरेका छन् ।

शुक्रबार सार्वजनिक भएको गीतको भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियोमा डा.अधिकारी र उनकी धर्मपत्नी लक्ष्मी अधिकारीलाई पनि देख्न पाइन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ३ : १२ बजे