Logo

मौसम

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सवार विमान कोलकाता डाइभर्ट


१६ फाल्गुन २०८१, शुक्रबार  

115
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सवार विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि कोलकाता डाइभर्ट गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए अनुसार, मौसममा बदलीका कारण विमान अवतरण गर्न नसक्दा उक्त विमान कोलकातामा डाइभर्ट गरिएको हो।

निरौलाले बताए अनुसार, काठमाडौंको मौसममा बदलीले विमान उडान र अवतरणमा समस्या सिर्जना गरेको छ। यसका साथै काठमाडौं उपत्यकाबाहिरका अधिकांश विमानस्थलहरूमा ‘भिजिबिलिटी’को समस्या रहेको छ, जसले विमान सञ्चालनमा असर पारेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १ : १० बजे