Logo

खेलकुद

केपी ओली कपःसेमिफाइनलको पहिलो खेल आज हुँदै


१६ फाल्गुन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिप मा सेमिफाइनलको पहिलो खेल आज हुँदैछ।

शुक्रबार त्रिभुवन आर्मी क्लब र संकटा एफसी  बीच प्रतिस्पर्धा हुनेछ ।

केपी ओली कप फुटबल च्याम्पियनसिप को बाँकी रहेको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वर  स्थित दशरथ रंगशालामा हुने छ । खेल साझ ५ बजे देखि सुरु हुने छ । भोली हुने दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मछिन्द्र एफसी खेल्ने छन ।

फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ५५ बजे