Logo

मुख्य समाचार

उद्योग मन्त्री भण्डारी गृह जिल्ला बैतडी प्रस्थान


१५ फाल्गुन २०८१, बिहिबार  

69
Shares

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज (विहीवार) गृह जिल्ला बैतडी प्रस्थान गरेका छन् । बिहान काठ्माण्डौंबाट हवाईमार्ग हुदैँ धनगढी पुगेका मन्त्री भण्डारी आजै बैतडीका लागि प्रस्थान गरेका हुन् ।

मन्त्री भण्डारी २ दिन बैतडीमा रहँदा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अधिवेशनमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

यसैगरी जिल्लास्थित कार्यालय प्रमुखहरूसँगको अन्तरक्रियामा सहभागी हुने, जिल्लाबासी मतदाता, उद्योगी, व्यवसायीहरुसंग भेटघाट गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री भण्डारी पर्सि शनिबार काठमाडौं फर्किने कार्यक्रम तय भएको उनका स्वकीय सचिव आनन्द प्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ६ : ५३ बजे