Logo

प्रविधि

टेक्नोलोजीको दुरुपयोग गर्नेक्रम बढेको छ : प्रधानमन्त्री ओली


१५ फाल्गुन २०८१, बिहिबार  

92
Shares

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु बढ्दै गइरहेको बताएका छन् ।

डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले मानवीय सुखका लागि आजको टेक्नोलोजिलाई प्रयोग गरेको भएपनि यो सदुपयोग मात्र नभइ दुरुपयोग भइरहेको बताएका हुन् । 

उनले भने, ‘आजको जटिल अवस्था भनेको डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु हुन् । २० औं शताब्दीले नै दुरसञ्चारको सुरुवात गर्यो । टेलिभिजनको सुरुवात गर्यो । कम्प्युटर सुरुवात गर्यो । लगभग ७५ वर्षको कम्प्युटर इतिहाससँगै एआइको जमनामा आइपुगेका छौं । डिजिटल संसारमा आइपुगेका छाँै । यसलाई मानव जातिले  आफ्नो  उन्नति, भलाइ, सुखका लागि प्रयोग गर्नु पर्दथ्यो । त्यो गरिएको पनि छ । मानवीय सुखका लागि आजको टेक्नोलोजिलाई प्रयोग गरेका छौं । तर यो सदुपयोग मात्र भइरहेको छैन । कम्प्युटर साइन्स, डिजिटल एवम आइटीको डेभलपमेन्टलेसुविधा दियो भन्ने चिन्ता त कतै छैन । साइन्स टेक्नोलोजीको काम मानव जातिलाई सुखसुविधा दिलाउने हो, सहजता दिलाउने हो र यसले जीवनलाई सहज, सरल र सुविधायुक्त बनाउने हो ।’

साथै उनले साइन्स टेक्नोलोजीको दुरुपयोग गरेर मान्छेहरुले त्यसबाट अनुचित लाभ लिन खोजिरहेको बताए । उनल डिजिटल विकास र सुविधाको प्रयोग गरेर अरु प्रकारका अपराधहरु गर्ने क्रिमिनलहरुका लागि सहज भएको समेत बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ११ : ३६ बजे