Logo

खेलकुद

टप्स बास्केटबलमा क्वाटरफाइनल समीकरण पूरा


१३ फाल्गुन २०८१, मंगलबार  

69
Shares

काठमाडा । आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) को आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा क्वाटरफाइनल समीकरण तयार भएको हो ।

सिनियर ब्वाइजमा बेलमाउन्टले ह्वाइट हेभेन, तेजस्वी एकेडेमीले इडिफाइ, स्वर्णदीपले गण्डकी र स्वेता सदनले नवोदित विरुद्ध खेल्ने छन् ।

सिनियर गल्र्सको क्वाटरफाइनल तेजस्वी र बेलमाउन्ट, ल्यान्डमार्क एकेडेमी र लर्निङ जोन, ह्वाइट हेभेन र काठमाडौं लिटिल ब्लोसम स्कुल (किब्स) र संस्कृति शिक्षा सदन र स्वर्णदीपबीच हुनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ५० बजे