Logo

कोशी

८४ को चुनाव अघि नै पार्टीमा नयाँ नेतृत्व आउँछ :महामन्त्री शर्मा


१३ फाल्गुन २०८१, मंगलबार  

69
Shares

इटहरी । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटनका लागि मङ्गलवार इटहरी आएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनाव अघि नै पार्टीको अधिवेशन सम्पन्न हुने बताएका छन् ।

कांग्रेसमा ८४ को चुनाव पछि मात्र महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा महामन्त्री शर्माले ८४ को निर्वाचनमा वडा देखी केन्द्र सम्म नयाँ नेतृत्वका साथ पार्टी चुनावमा होमिने शर्माले बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन ८४ पछि गए हुन्थ्यो भन्ने निर्दोष भावना हो । त्यो भावनाको म मात्रै रेस्पेक्ट गर्छु ।’

उनले थप भने, ‘जिल्लाका साथीहरु विधानले तोकेको नियमावली भित्र रहेर टुङगाउनुस् र हामीले भनेका पनि छौ नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बन्नु छ तर क्रियाशिल चै नबन्ने अनि महाधिवेशनको मिति तोकेपछि फटाफट गर्नुपर्ने ढोका बन्द भएपछाडि हुदैन । निर्धारित समय भित्र क्रियाशिल सदस्यता नविकरणको कामलाई व्यवस्थित गरौ । त्यसपछि महाधिवेशनको ढोका खुल्छ । पार्टीका सबै साथीहरु तयार भए हुन्छ । आगामी ८४को निवार्चनमा नेपाली कांग्रेस पार्टी प्रतिस्पर्धामा  जानुभन्दा अगाडि केन्द्रदेखि लिएर वडा वडासम्म प्रतिस्पर्धा गरी सर्वसम्मतको प्रक्रियाबाट नया नेतृत्व आएर नेपाली कांग्रेस आगामी ८४को निवार्चनमा जान्छ ।’

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : १९ बजे