Logo

प्रदेश

मगर संघ स्थापना दिवसको अवसरमा पालिकामा बिदा


१३ फाल्गुन २०८१, मंगलबार  

69
Shares

रौतहट । नेपाल मगर संघको ४३ औँ स्थापना दिवसको अवसरमा रौतहटको चन्द्रपुर नगरपालीकाले एक दिन  सार्वजनिक बिदा दिने भएको छ  ।

चन्द्रपुर नगरपालीकाका नगर प्रमुख सन्जय काफ्लेले नगर प्रमुख स्तरिय निर्णय अनुसार सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन ।

नगरपालिकाले एक सूचना जारी गर्दै मिति २०८१÷११÷१५ गतेका दिन स्थानीय पर्व बिदा दिइएको सूचनामा भनिएको छ  । उक्त दिन चन्द्रपुर नगरपालीका मातहातका सम्पुर्ण कार्यलयहरुमा सार्वजनिक बिदा दिएको नगर प्रमुख काफ्लेले बताए ।

उनका अनुसार बिदामा वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्था तथा सङ्घ संस्थाहरू बन्द रहनेछन् । तर सो दिन नगर स्तरीय एस.इ.इ.को पुर्व तयारी परिक्षा निर्धारित समयमा हुने गरि सार्वजनिक बिदा दिइएको उनले जानकारी दिए ।

नेपाल मगर संघ रौतहटले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी थालेको छ । चन्द्रपुर नगरपालीका वडा न ४ का वडा अध्यक्ष रबि राना मगरका अनुसार यस वडामा मगर समुदायको बाहुल्यता रहेको छ ।

दिवसको अवसरमा उनीहरूले आफ्नो भाषा, कला, संस्कृति संरक्षणका लागि प्रत्येक बर्ष  विविध कार्यक्रम गर्दै  आएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ०९ बजे