Logo

धर्म / संस्कृति

महाशिवरात्रीको अवसरमा मधानी महोत्सव सुरु


१२ फाल्गुन २०८१, सोमबार  

46
Shares

रौतहट । रौतहटको मौलापुरमा महा शिव रात्रीको अवसर पारेर छैटौं ‘मधानी महोत्सव’ सुरु भएको छ ।

धार्मिक, सामाजिक, सांस्कृतिक, सामाजिक, व्यापारिक क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य मौलापुरमा मधानी महोत्सव’ सुरु भएको हो। फागुन ११ गतेदेखि सुरु भएको मधानी महोत्सवमा सोमबार शिव बारात यात्रा गरिएको छ ।

फाल्गुुन १५ गते सम्म हुने महोत्सबले पुरातात्विक महत्वको स्थानीय महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न तथा स्थानीय पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य रहेको मौलापुर नगरपालिका प्रमुख रीनाकुमारी साहले बताइन ।

मधानी महायज्ञ भगवान शिव र पार्वतीको वैवाहिक उत्सव को प्रतीक मानिन्छ। यो महायज्ञ विशिष्ट धार्मिक परम्परासँग जोडिएकाले  मन्त्र तथा जप गरिने परम्परा रहेको बताइन्छ । फागुन १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र  १५ गते  मधानी विशेष दंगल कार्यक्रम हुने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ।नगरपालिकाले मधानी महोत्सव आयोजना गर्न ८७ लाख रूपैयाँ बजेट विनियोजन गरेको प्रमुख कार्यकारी अधिकृत रामबाबु साहले बताए । उनका अनुसार नेपाल सरकारको सय वटा प्रमुख गन्तव्यभित्र ऐतिहासिक एवं पुरातात्त्विक महत्वको मौलापुरस्थित महादेव मन्दिर पर्दछ । 

२०७६ देखि हरेक वर्ष महाशिवरात्रीको अवसरमा मौलापुरको पतौरास्थित पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुदै आएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ४ : ४० बजे