काठमाडौं, २४ फागुन – नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। सिफारिस समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम चयन गरेको हो। समितिले १२ जना आवेदकको बीचबाट पाँच जनालाई सर्टलिस्टमा राखेर तीन जनालाई अन्तिम सिफारिस गरेको हो।
सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। शिवराज अधिकारी, अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य ज्योतिचन्द्र ओझा रहेका छन्। आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये एक जनालाई बिमा प्राधिकरणको अध्यक्षको रूपमा नियुक्त गर्नेछ।
सिफारिसमा परेका व्यक्तिहरूको परिचय यसप्रकार छ:
रामशरण पुडासैनी : पूर्वराजस्व सचिव र वर्तमानमा कृषि विकास बैंकका अध्यक्ष
दामोदर बस्यौला : स्वास्थ्य बिमा बोर्डका पूर्वकार्यकारी निर्देशक
शरद ओझा : पत्रकार र हाल क्लिकमाण्डुमा विशेष संवाददाता र वरिष्ठ प्रबन्धक
सिफारिस समितिले कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईंलाई पनि सर्टलिस्टमा राखेको थियो तर अन्तिम चयन तीन जनामध्ये हुनेछ।
प्रतिक्रिया