Logo

मुख्य समाचार

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय बैठक सुरु, यस्ता छन् एजेन्डा


१२ फाल्गुन २०८१, सोमबार  

92
Shares

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आजबाट सुरु भएको छ ।

सोमबार काठमाडौंमा सुरु भएको बैठक मंगलबारसम्म चल्नेछ । पार्टी गठन भएपछि पहिलो आधिकारिक बैठक भएको कारण धेरै प्रस्तावहरु आएको राष्ट्रिय मुक्ति पार्टी नेपालको अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

यस्तै, उनले प्रस्ताव धेरै भएको हुनाले दुई दिनको समय थोरै भएपनि त्यही समयमा सबै प्रस्तावमाथि छलफल गरेर आवश्यक निर्णय गर्नुपर्ने बताए ।

यसको साथै, आजको कार्यसूची अध्यक्षले बैठक प्रारम्भ तथा एजेन्डा प्रस्तुत गर्ने, केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण गर्ने, राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने र प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुद्वारा पालैपालो सुझाव पेश गर्ने रहेको छ भने फागुन १३ गते, मंगलबार अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुद्वारा पालैपालो सुझाव पेश गर्ने कार्यसूची रहेको छ ।

यसको साथै, बैठकमा छलफल र निर्णय गर्ने प्रस्तावहरु निम्नानुसार छन् ः

(क) पार्टीको छापमा ग्यास सिलिन्डरको सट्टामा तीर धनुष राख्ने सम्बन्धमा,

(ख) पार्टीको चुनाव चिन्ह रिजर्व गर्न निर्वाचन आयोगमा निवेदन दिने सम्बन्धमा,

(ग) सम्पत्ति विवरण बुझाउने सम्बन्धमा,

(घ) पार्टीका सबै तहका समितिका सदस्य÷पदाधिकारीको परिचयपत्रको नमुना सम्बन्धमा,

(ङ) पार्टीको केन्द्रीय कोष स्थापना तथा अर्थ संकलन अभियान र आर्थिक सहयोगको लागि आह्वान सम्बन्धमा,

(च) संगठन विस्तार अभियान तथा प्रशिक्षण कार्यक्रम संचालन सम्बन्धमा,

(छ) केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको व्यक्तिगत विवरण संकलन सम्बन्धमा,

(ज) संघर्ष तथा विद्रोहको कार्यक्रम सम्बन्धमाः

१. मुकुमलुङको संघर्ष

२. कोशी प्रदेश नाम खारेजीको संघर्ष

३. मधेश सरकारको वेथिति विरुद्धको संघर्ष

४. चुरे दोहन, गिट्टी बालुवा उत्खनन तथा वन विनाश विरुद्धको संघर्ष

५. वाग्मती प्रदेश नाम खारेजी विरुद्धको संघर्ष

६. बोझेनीको सब स्टेशन निर्माण विरुद्धको संघर्ष

७. बालाजुको ३९ घरपरिवार उठीवास विरुद्धको संघर्ष

८. उपत्यकाको गैरन्यायिक सडक विस्तार तथा खोलानदी मापदण्ड विरुद्धको संघर्ष

९. लुम्बिनी क्षेत्रको अतिक्रमित भूमी विरुद्धको संघर्ष

१०. थरुहट थारुवानमा भएको ज्यादती विरुद्धको संघर्ष

११. ढोरपाटन शिकार आरक्ष विरुद्धको संघर्ष

१२. खस–आर्य क्लस्टर विरुद्धको संघर्ष

१३. सहकारी पीडित, लघुवित्त पीडित, वैदेशिक रोजगार पीडित, मिटर ब्याज पीडित, उखु किसानको पैसा, किसानलाई खाद मल,

बिउबिजन सहजरुपमा उपलब्धताको निम्ति संघर्ष आदि ।

१४. कवाड व्यवसायीहरु माथि भइरहेको अन्याय विरुद्धको संघर्ष

(झ) पार्टीको संरचना र संघर्ष बिद्रोहको संरचना वीचको अन्तर्सम्बन्ध सम्बन्धि कार्यविधि तथा निर्देशिका,

(ञ) बृहत मोर्चा निर्माण, पार्टी एकता तथा वार्ता संवाद समिति सम्बन्धमा,

(ट) पार्टीमा प्रवेशको निम्ति आह्वान सम्बन्धमा,

(ठ) केन्द्रीय समिति, राष्ट्रिय समितिमा मनोनयन तथा प्रदेश, जिल्लाहरुमा संयोजक÷अध्यक्ष र इन्चार्ज तोक्ने सम्बन्धमा,

(ड) पार्टीको बैंकमा खाता संचालन सम्बन्धमा,

(ढ) केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सचिवालय तथा केन्द्रीय पदाधिकारी तोक्ने सम्बन्धमा,

(ण) विभाग गठन सम्बन्धमा,

(त) पार्टीको बैठक कार्यविधि निर्माण र सबै सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता निर्माण सम्बन्धमा,

(थ) पार्टीको लेभी सम्बन्धमा,

(द) ग्राम गणतन्त्र तथा साँस्कृतिक सत्ता अभ्यास सम्बन्धि अवधारणा सम्बन्धमा,

(ध) चुरे संरक्षण तथा मधेशी – पहाडी वीचको सेतु निर्माण सम्बन्धमा,

(न) प्रवास संगठन निर्माण सम्बन्धि अवधारणा सम्बन्धमा,

(प) सामाजिक संजाल संचालन तथा साइवर सेल निर्माण सम्बन्धमा,

(फ) राष्ट्रिय परिषद निर्माण तथा स्वशासन विधान निर्माण सम्बन्धमा,

(ब) भातृ÷सुभेच्छुक संगठनहरुको नामाकरण सम्बन्धमा,

(भ) वडास्तरीय सांस्कृतिक संवाद केन्द्र स्थापना र सहकारी गठन सम्बन्धमा,

(म) राष्ट्रिय वाहिणी गठन सम्बन्धमा,

(य) पार्टीको अभिवादन सम्बन्धमा,

(र)OBC को जातीय कल्सटर छुट्याउने सम्बन्धमा,

(ल) लोक दलसँग एकिकरण गर्ने लगायत विविध सम्बन्धमा,

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १२ : ५९ बजे