काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन वितरण प्रणालीलाई वैज्ञानिक, चुस्त र दुरुस्त बनाउन मन्त्रालय प्रतिवद्ध रहेको बताएका छन् ।
आइतवार मध्यान्ह राष्ट्रिय दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा उनले सरकारले दिएको विज्ञापन पाउनु पर्ने मान्छेले नपाएको भन्दै यसको लागि नीति बन्दै गरेको बताए ।
उनले भने,‘सरकारले दिएको विज्ञापन पाउनु पर्ने मान्छेले पाएको छैन । कालिमाटिको तरकारी बजारमा जे हुन्छ त्यही यहाँ हुन्छ बीचैमा धेरैले खाइदिने । त्यसकारण अहिले हामीले विज्ञानप जुनले पाउनुपर्ने हो त्यसको नियम बनाउनुपर्छ । एजेन्सिले १५ प्रतिशत भन्दा बढि लिन नपाउने बाकी सबै जसले पाउनुपर्ने उसले पाउनुपर्ने यो चिजलाई व्यवस्थापन गर्न खोजेका छौ । विज्ञापन वितरण प्रणालीलाई अझै वैज्ञानिक बनाउन, चुस्त दुरुस्त बनाउन मन्त्रालय प्रतिवद्ध छ । विज्ञापनको निति बनाउदै छौ ।’
उनले डिजिटल माध्यमबाट सामाजिक सद्भाव बिग्रदै गएको र नेपालको सहिष्णुता भत्किदै गएको भन्दै त्यसको नियमनको लागि ऐन बनाएको बताए ।
यस्तै, सभामुख देवराज घिमिरेले मध्यान्ह राष्ट्रिय दैनिकको २३ औं वर्ष प्रवेश गरेकोमा शुभकामना दिए ।
प्रतिक्रिया