काठमाडौँ। अखिल नेपाल फुटबल संघ ९एन्फा०द्वारा आयोजित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमारको खेल २–२ को बराबरीमा समाप्त भएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार भएको यो खेलले दुवै टोलीलाई एक–एक अङ्क बाँड्न बाध्य बनायो।
खेलको पहिलो हाफमै दुवै टोलीले दुई–दुई गोल गरे। खेलको सुरुवातमा नेपालले ६ मिनेटमै पछाडि पर्नु परेको थियो। म्यानमारकी म्याट नोई खिनले फ्रिकिक मार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्। तर, नेपालले ११ औं मिनेटमा साबित्रा भण्डारीको पासमा सविता रानामगरको गोलबाट खेलमा फर्कियो।
तर म्यानमारले १७ औं मिनेटमा नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै २–१ को अग्रता हासिल गर्यो। मे हेट लुले आफ्नो टोलीको तेस्रो गोल गर्दै नेपालमाथि दबाब सिर्जना गरिन्। नेपालले ४१ औं मिनेटमा पुनः समिकरण ल्यायो। यसपटक प्रीति राईको पासमा साबित्रा भण्डारीले गोल गर्दै खेललाई बराबरीमा पुर्याइन्।
यो खेलपछि म्यानमारले ७ अङ्कका साथ शीर्ष स्थानमा स्थान बनाएको छ भने नेपाल ७ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ। गोलअन्तरको आधारमा म्यानमार शीर्ष स्थानमा रहेको छ। योसँगै दुवै टोलीले फाइनलमा स्थान सुनिश्चित गरेका छन्। फाइनल खेल आगामी बुधबार हुनेछ।
प्रतिक्रिया