Logo

समाचार

ललितपुरको सिभिल होम्स घरमा आगलागी, दियोबाट सल्किएको


११ फाल्गुन २०८१, आइतबार  

69
Shares

ललितपुर । महानगरपालिका-२७ स्थित सिविल होम्स घर नम्बर ४६ मा आइतबार बिहान दियोबाट सल्किएको आगोले घरमा आगलागी गरेको छ। आगलागीको शुरुवात घरको माथिल्लो तलामा रहेको मन्दिर कोठाबाट भएको र आगोले घरको केही भागलाई क्षति पुर्याएको पत्ता लागेको छ।

ललितपुर प्रहरीका एसपी नरहरि रेग्मीले जानकारी दिएअनुसार, आगलागी नियन्त्रणमा आइसकेको छ र यसमा कुनै मानवीय क्षति भएको छैन। आगलागीबाट बहुमूल्य सामानको क्षति नहुँदा, पूजाकोठामा रहेका केही सामान मात्रै जलेको एसपी रेग्मीले बताए।

आगो नियन्त्रणका लागि महानगरपालिका र नगर प्रहरीको टोलीलाई परिचालन गरिएको थियो, साथै दमकलको सहयोग पनि प्राप्त गरिएको थियो। प्रहरीले क्षतिको थप विवरण संकलन गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : १५ बजे