Logo

मुख्य समाचार

नीलगाईले दुख दिँदा रौतहटका किसान चिन्तित


१० फाल्गुन २०८१, शनिबार  

92
Shares

रौतहट । रौतहटको दक्षिणी भेगमा किसानले लगाएको बालीमा नीलगाईले क्षति गरेको छ । नजिकको जंगल वा कासघारीमा लुकेर बसेका नीलगाईले गहुँ र दलहन–तेलहन बालीमा क्षति पु¥याउँदा कृषक चिन्तीत बनेका हुन् ।

प्रायः साँझ र बिहान नीलगाईले बालीमा क्षती गर्ने गरेको किसान रामजि कलवारले बताए । उनका अनुसार कहिले काहीँ नीलगाई दिउँसो समेत खेत बालिमा देखापर्छ । प्रत्येक बर्ष नीलगाईले विभिन्न बालीमा क्षति गर्दै आएको भएपनि अहिले सम्म उचित ब्यवस्थापन नभएको उनको गुनासो छ ।

आफुले विभिन्न निकायमा खबर गरेपनी यसको सुनुवाइ नभएको उनले बताए । अब नीलगाईका कारण खेतमा बाली लगाउन समेत मुस्किल भएको उनको भनाइ छ । आफुले करीब एक बिगाह खेतमा लगाएको गहुँ नीलगाईले क्षति गरेको उनको दुखेसो छ । लालबकैया र बाग्माती नादिको किनारमा यहाँका किसानको खेत छ ।

तर वन्यजन्तुका कारण अपेक्षा अनुसार उब्जाउ हुन नसकेको हो । यहा नीलगाई, बदेल र जङ्गली हातीले कृषि बालीमा क्षति गर्दै आएको डिभिजन वन कार्यलय रौतहटले जनाएको छ । यस विषयमा वन कार्यलयले गम्भीर रूपमा लिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ५ : २६ बजे