मेष राशि
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ।
बृष राशि
प्रियजनसँग भेटघाट हुनेछ। तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ। प्रेमको बन्धन कमजोर बन्ने समय छ। उधारो व्यापार गर्नुपर्ला। आँटेको यात्रा रोकिन सक्छ। काम बिग्रनाले अलि दुःख पाइनेछ।
मिथुन राशि
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ।
कर्कट राशि
काममा केही अलमल हुन सक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ। अपराह्नतिर नयाँ कामतर्फ अग्रसर भइनेछ।
सिंह राशि
अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
कन्या राशि
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ।
तुला राशि
अध्ययनमा त्यति समय दिन नसकिएला। प्रतिस्पर्धीहरूले वादविवादमा फसाउन सक्छन्, सजग रहनुहोला। मिहिनेतले केही नयाँ काम गर्ने अवसर भने दिलाउन सक्छ। दिउँसोदेखि प्रतिस्पर्धीहरूले अलि दुःख दिनेछन्।
बृश्चिक राशि
अवसर आए पनि कामले पछि परिने समय छ। अरूका काम र भेटघाटमा अलमलिनुपर्ला। आफ्नो क्षेत्रमा अरूले प्रभुत्व जमाउन सक्छन्, सावधान रहनुहोला।
धनु राशि
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।
मकर राशि
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
कुम्भ राशि
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
मीन राशि
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
प्रतिक्रिया