Logo

खेलकुद

सर्वाधिक पुरस्कार राशीको गोर्खाली रग्बी सेभेन्स हुंदै


९ फाल्गुन २०८१, शुक्रबार  

46
Shares

काठमाडौ । गोर्खाली रग्बी क्लबको आयोजनामा यहि फागुन १६ र १७ गते गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय रग्वी प्रतियोगिता हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै भरतपुरको कृष्णपुर रंगशालामा हुने प्रतियोगितामा सात प्रदेश टोली, दुई विभागीय टोली नेपाली सेना र सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब तथा आयोजक गोर्खाली रग्बी गरी १० टोलीको सहभागिता रहने गोर्खाली क्लबका अध्यक्ष रोहित कार्कीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले २ लाख र उपविजेताले १ लाख पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली रग्बीमा राखिएको अहिलेसम्मको सर्वाधिक ठूलो पुरस्कार राशी भएको आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले भर्दना काउचरको तर्फबाट एक सेट इटालिएन सुट प्राप्त गर्नेछ ।

प्रतियोगिता आयोजनाको लागि कुल २१ लाख बजेट खर्च हुने अनुमान गरिएको छ । जसमा आयोजकले सहभागिता टोलीको एकतर्फी यातायात तथा होटलको खर्च ब्यहोर्नेछ ।

राष्ट्रिय खेलकुद परिषद्, भरतपुर महानगरपालिका र बाग्मती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रतियोगितामा सहयोग गर्ने जनाइएको छ ।

त्यस बाहेक नपुग खर्च गोर्खाली क्लबका अध्यक्ष कार्की आफैले ब्यहोर्ने प्रतिवद्धता जनाएका छन् ।

अध्यक्ष कार्कीले भने, ‘हाम्रो क्लबले विभिन्न उमेर समुहको प्रतियोगिताको विजेता बन्नुका साथै गत वर्ष फिप्टिन ए साइड रग्बीको राष्ट्रिय प्रतियोगिताको पनि च्याम्पियन बन्यौं । अब हामी आयोजनामा सफल भएर रग्बी विकासमा योगदान दिन चाहन्छौं ।’

प्रतियोगितामा हरेक टिमले ५ जना सम्म विदेशी खेलाडी राख्न पाउने नियम बनाइएको छ । क्लबका उपाध्यक्ष कृष्ण थापाले गोर्खाली रग्बीले मैदानमा सफलता हात पारेपछि अब प्रतियोगिता आयोजनामा केन्द्रित हुन लागेको पत्रकार सम्मेलनमा बताए । उनले आगामी संस्करणमा विदेशी क्लबलाई समेत सहभागी गराउने योजना रहेको बताए ।

प्रतियोगिताको मेडिकल पार्टनरमा चितवन मेडिकल कलेज, ट्राभल पार्टनरमा होलीडे ट्रिप नेपाल, क्लोथिङ पार्टनरमा थ्रेड गार्मेन्ट इमाडोल, हस्पिटालिटी पार्टनरमा अन्कुरम एकेडेमी, चितवन र इन्टरनेट पार्टनरमा ट्रेड माइन्ड नेटवर्क चितवन रहेको छ ।

यस्तै सहयोगी संस्थाहरुमा एलआइसी कर्पोरेसन(नेपाल), राइट पाथ करियर काउन्सलिङ्ग काठमाण्डौ, एसिटी एजुकेशन एण्ड भिषा सर्भिसेज, चितवन, एभिन्यु एजुकेशन कन्सल्टेन्सिी काठमाण्डौ, माइती रिसोर्ट कीर्तिपुर रहेको छ ।

यस प्रतियोगिताले राष्ट्रिय खेलकुद पषिद्को आयोजनामा सुर्खेतमा हुन गईरहेको १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागी समेत सहयोग पुग्ने जनाएको छ ।  

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : २३ बजे