Logo

समाचार

दिनेश डिसीको दावी : १० वर्षदेखि गर्न नसकिएका कामहरु चार महिनामै सुरु भयो


९ फाल्गुन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं ।  चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले विगत १० वर्षदेखि गर्न नसकिएका कामहरु पछिल्लो चार महिनामा सुरु भएको बताएका छन् ।

शुक्रवार नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समारोहमा बोल्दै उनले तत्कालै १३ सय रोपनी जमिन धुलिखेल नगरपालिकासँग सम्झौता गरेको जानकारी दिए ।

उनले भने,‘चलचित्र विकास बोर्डले तत्कालै १३ सय रोपनी जमिन धुलिखेल नगरपालिकासँग सम्झौता गरेको छ  । एक हप्ताको निर्णयमा हामीले भोगचलन गर्न पाउने गरी ल्याएका छौ । प्रकृयामा छौ । बनेपामा एउटा इनडोर स्टुडियोको काम पनि भइरहेको छ ।’

उनले सरकारी ४२ रोपनीको जग्गामा स्टुडियो बनाउन टेन्डर आब्हान गरेको जानकारी दिएका छन् । उनले टेन्डर एक महिनामा आउने र बैशाखमा काम सुरु गर्नेपनि बताए ।

उनले भने,‘सरकारले दिएको ४२ रोपनीको जग्गामा स्टुडियो बनाउन टेन्डर आब्हान गरेका छौं । टेन्डर एक महिनामा आउँछ र बैशाखमा काम सुरु गर्छौ । आम चलचित्रकर्मीहरुको बीचमा निर्माता र वितरकको बीचमा भएका एक अर्काका शंकाहरु निवारण हुनेगरी काम गरिरहेका छौ । ऐनको कुरामा विकास वोर्डबाट सञ्चार मन्त्रालय, सञ्चारबाट अर्थ मन्त्रालय फेरी अर्थ मन्त्रालयबाट सञ्चार मन्त्रालय हुदैँ प्रधानमन्त्रीको हातमा पुगेको छ । आउँदो बजेटमा पास गर्नेछौ । विगत १० वर्षदेखिको अध्यक्षहरुले गर्छु भनेको गर्न नसकेको गर्न नदिइएको कामहरु गरेर चार महिनामा चलचित्र उद्योगका लागि सफलताको बाटोतर्फ धकेलेको छ ।’

नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन ९ गते देखि फागुन ११ गतेसम्म चल्नेछ । उक्त चलचित्र महोत्सवका आयोजक विलक्षण क्रिएसन प्रालि र सह–आयोजक चलचित्र विकास बोर्ड रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ४ : १२ बजे