काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका छन् ।
नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले ठगी भनेपछि त्यसको जवाफ दिँदै बालेनले सामाजिक सञ्जालमार्फत् यस्तो भनेका हुन् ।
शाहले लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो भएको आभास गराइदिनु भएकोमा धन्यवाद । हाम्रा मान्छेले देश छाडी रहेका कारण नै हामी गरिब भएका हौँ,’ उनले अगाडि लेखेका छन् ‘तपाईंहरू गरिब हो किनकि तपाईंका अल्छी नागरिकले आफ्नो देश बनाउन सकेनन् । यस कारण तपाईंहरूलाई यसका लागि संसारका मानिसको आवश्यकता परेको हो ।’
बालेनले अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए । साथै बालेनले डिभी भिसा बन्द गर्न अनुरोध गरेका छन् ।
प्रतिक्रिया