काठमाडौं । मिलानो रनवेले चौथो संस्करणको ‘फेसन शो’ सम्पन्न गरेको छ । बुधबार साँझ काठमाडौंको ठमेलमा आयोजित एक समारोहबीच ‘फेसन शो’ सम्पन्न भएको हो ।
फेसन शोमा जम्मा ४१ जना मोडलहरू रहेका थिए । जसमा १२ जना केटा र २२ जना केटीहरू सहभागी रहेको अध्यक्ष मिलानो श्रेष्ठले बताए ।
उनले, युवा पुस्तालाई मोडलिङको क्षेत्रमा अग्रसर गराउने हेतुले समय समयमा यस्ता खाले फेसन शोहरू आफूहरूले गर्दै आएको बताए ।
मोडलहरूले विभिन्न डिजाइनहरूले तयार पारेको पोशाकहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा चलचित्र क्षेत्रका कलाकारहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया