Logo

Breaking News 1

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची


९ फाल्गुन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ ।

बैठकमा माउन्ट एभरेष्ट ब्रुअरीमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र उधोग मन्त्रालयका प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।

त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकायरआयोजनाको पुँजीगत बजेटको कार्यप्रगतिबारे छलफल हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : ३० बजे