Logo

समाचार

नेपाल निजामती कर्मचारी संगठनले मंत्री गुप्तासँग भेट गरी उच्च अदालतको फैसला कार्यान्वयन गर्न आग्रह


८ फाल्गुन २०८१, बिहिबार  

92
Shares

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ। संगठनको माघ ३० देखि फागुन १ गतेसम्मको १२औँ महाधिवेशनले निर्वाचित नयाँ कार्यसमितिले मंगलवार मन्त्री गुप्तासँग मन्त्रालयमा भेटघाट गरेको हो।

भेटमा मंत्री गुप्ताले संगठनका नवनिर्वाचित महिला नेतृत्वको चयनलाई ऐतिहासिक उपलब्धि मान्दै अध्यक्ष भवानी दाहाललाई बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरे। उनले नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए।

संगठनकी अध्यक्ष दाहालले मंत्री गुप्तासँग भेटमा उच्च अदालतको फैसलाअनुसार रिक्त रहेको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह र राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत पदहरूको संख्या ४२६ कायम राखी पुनः विज्ञापनको प्रक्रिया अघि बढाउन पहल गरिदिन आग्रह गरिन्।

नेपाल निजामती कर्मचारी संगठन नेकपा एमालेसँगको संबद्धता राख्ने कर्मचारी संगठन हो, र हालै सम्पन्न महाधिवेशनले दाहालको नेतृत्वमा ऐतिहासिक कार्यसमिति निर्वाचित गरेको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  १२ : २९ बजे