Logo

प्रदेश

संविधानसभा सदस्य विदुर सापकोटाको निधन


८ फाल्गुन २०८१, बिहिबार  

184
Shares

काठमाडौं ।  संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । यही फागुन ४ गते उनी उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  १० : १४ बजे