Logo

खेलकुद

अन्तर्राष्ट्रिय महिला फुटबलको तयारी पूरा



काठमाडौं । नेपाल महिला रग्बी क्लवको आयोजनामा राष्ट्रिय यु—२० महिना रग्बी सेभेन्स च्याम्पिएनसिप २०२५ हुदैछ । यहि फागुन ६ र ७ गते हुने प्रतियोगितामा ६ प्रदेश र दुई क्लब गरि ८ ओटा टिम सहभागि हुने आयोजकले जानकारी दिएको छ । 

आइतवार पत्रकार सम्मेलन गर्दै भक्तपुर स्थित मध्यपुर युथको मैदानमा हुने कार्यक्रममा सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश , मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश तथा आयोजक टिम नेपाल महिला रग्बी क्लव र हिमालय टाइगर गरी आठ ओटा क्लबहरु सहभागी हुने आयोजक क्लबले जानकारी दिएको हो ।

सहभागी टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटमा प्रतियोगिता सञ्चालन गरिनेछ । समुहका शिर्ष २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको बिजेता टिमले ट्रफि, मेडल सहित ५० हजार नगद र उपविजेता टिमलाई ट्रफि, मेडल सहित ३० हजार रुपैया पुरस्कार राशी गरिएको छ । प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीलाई ट्रफिले सम्मानित गरिनेछ भने सहभागि सम्पुर्ण टिमलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

आयोजकले  सहभागि टिमलाई एकतर्फि यातायात खर्च, खाना खाजा र बसोवासको व्यवस्था गरेको छ । नेपाल महिला रग्बी क्लवले पहिलो पटक राष्ट्रिय स्तरको महिला रग्बी प्रतियोगिताको आयोजना गरेको जानकारी दिएको छ । 

कार्यक्रमको मुख्य उद्श्य राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने १० औं खेलकुदलाई टेवा पुग्ने र सातै प्रदेशमा महिला खेलाडिहरुको टिम उत्पादन गर्ने हेतुले यो कार्यक्रमको आयोजना गरेका  बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : ३७ बजे