हेटौडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टिमलाई १–० गोलले हराउँदै सर्लाहीको बागमती युवा क्लबले विजय सुरुवात गरेको छ ।
बागमतीको जीतमा कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको ३३ औं मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच घिसिङ घोषित भए ।
प्रतियोगितामा ‘ए’ डिभिजनका ७ र मोफसलका तीन टिमको सहभागिता छ । आगामी फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।
प्रतिक्रिया