काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा पर्यटकीय राजधानी भएकाले सबैले पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।
पोखरा भ्रमण वर्ष–२०२५ समारोहमा बोल्दै उनले पर्यटन प्रवद्र्धन गर्नुपर्ने भूमिका महानगरपालिकाको मात्र ननइ समग्र प्रदेशवासीको पनि भूमिका रहने बताएका हुन् ।
उनले भने, ‘पोखराको पर्यटन प्रवद्र्धन गर्नुपर्ने जिम्मेवारी पोखरा महानगरपालिकको मात्र नभइ समग्र प्रदेशवासीको पनि भूमिका रहन्छ । आगामी दिनहरुमा हामीले अन्य पर्यटकीय क्षेत्रमा पनि पोखरालाई विकास गर्दै लानुपर्ने अवस्था छ । ’
साथै उनले पर्यटन विकासका लागि कनेक्टिभिटीहरुको आवश्यकता हुने बताए । उनले पोखरालाई हरेक क्षेत्रमा जोड्न सडक सञ्जाल र हवाई मार्ग धेरै नै चुनौतिपूर्ण रहेको बताए ।
प्रतिक्रिया