रौतहट । रौतहटमा दुुइ चरणमा सञ्चालन गरिएको एचपिभी खोप अभियान अन्तरगत पहिलो चरण सकिएको छ ।
पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिकामा माघ २९ गतेसम्म खोप अभियान संचालन गरिएको थियो ।
अब दोस्रो चरणमा माघ ३० गते देखि फागुन ६ सम्म गौर, राजदेवी, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिका तथा दुर्गा भगवती, यमुनामाई गाउँपालिकामा एचपीभी खोप किशोरीलाई लगाइने कार्य भइरहेको जिल्ला जनस्वस्थ कार्यलय गौरका खोप निरीक्षक एवम् फोकल पर्सन अनिल कर्णले बताए । उनका पहिलो चरणमा सञ्चालन गरिएको खोप अभियानमा ९० प्रतिशत लक्ष्य दिइएकोमा शतप्रतिशत लक्ष्य पुरा गरेको हो ।
दोस्रो चरणमा पनि पूर्ण रुपमा शतप्रतिशत सफलहुनेमा आफू आशावादी रहेको कर्णको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको तथ्यांक अनुसार फतुवा विजयपुर नगरपालिकामा २ हजार ३ सय ८९, मौलापुर नगरपालिकामा २ हजार ४ सय ७४,गढिमाइ नगरपालिकामा २ हजार ९ सय ९७,कटहरिया नगरपालिकामा २ हजार ४ सय १३ जना किशोरीहरुलाइ खोप लगाउने लक्ष्य लिइएकोमा पुरा भएको छ ।
त्यस्तै देवाहीगोनाही नगरपालिकाले २ हजार ७ सय २५,राजपुर नगरपालिकाले ३ हजार ७१,इशनाथ नगरपालिकाले २ हजार ६ सय २७ जनालाइ एचपिभी खोप लगाएको हो ।
त्यसैगरी बौधीमाइ नगरपालिकाले भने लक्ष्य भन्दा बढीलाइ खोप लगाएको देखिएको छ । सो नगरपालिकालाइ २ हजार ३२ लक्ष्य दिइएकोमा २ हजार ३ सय ८२ जना अर्थात् १२२.२२ प्रतिशत पुरा गरेको छ ।
विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन एचपीभी खोप निःशुल्क लगाउदै आएको छ ।
जिल्लाको सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेका १० हजार भन्दा बढि गरेर ४९ हजार २६९ जना छात्रालाई एचपीभी खोप लगाउने लक्ष्य जिल्ला जनस्वस्थ कार्यलय गौरले लिएको छ ।
प्रतिक्रिया