रौतहट । ईलाका प्रहरी कार्यालय गरूडामा नागरिक सहायता कक्ष संचालन गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कार्यलय परिसरमा नै नागरिक सहायता कक्ष संचालनमा ल्याइएको हो ।
नागरिक सहायता कक्षबाट प्रहरीले सेवा प्रवाहको गुनासो , उजुरी वा निवेदन लगायतका सेवा पाउने ईलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी राजन कार्कीले बताए । उनका अनुसार घरायसी तथा सामान्य बादविवाद वा अन्य ठाडो उजुरी अब प्रहरीले नै लेखिदिने छ ।
यसअघि बाहिरबाट सानो ठाडो उजुरी लेखाएर ल्याउदा ५ सय रुपैयाँ सेवाग्राहिले तिर्नु पर्ने बाध्यता रहेको थियो । यसबाट असहाय, गरिब र अशिक्षित नागरिकहरु बढी लाभवन्नित हुने उनले बताए । जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी दिलिप घिमिरेले निर्देशन दिएपछि प्रहरीले विना शुल्क निवेदन लेख्न सुविधा मिलाएको हो ।
यस अघि जिल्ला प्रहरी कार्यलय रौतहट,ईलाका प्रहरी कार्यालय चन्द्रपुर र हालै ईलाका प्रहरी कार्यालय गरूडाले यो सेवा सुरु गरेको छ । नागरिक सहायता कक्षमा आम नागरिकले आफ्नो गुनासो वा समस्य समेत टिपाउन सक्ने जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
प्रतिक्रिया