काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले शिक्षा भनेको ज्ञान लिनु मात्र नभएको बताएका छन् ।
शुक्रबार हिन्दू स्वयंसेवक संघ नेपालले सञ्चालन गरेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा बोल्दै उनले ज्ञानलाई सीपमा बदल्नु र प्रयोग गर्न सक्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘शिक्षा भनेको ज्ञान लिनु मात्र होइन । पाएको ज्ञानलाई सीपमा बदल्नु र प्रयोग गर्न सक्ने हुनुपर्छ । हामीले जानेका कुरालाई व्यवहारमा परिवर्तन गर्न सक्दैनौ तवसम्म पढाईको महत्व हँुदैन ।’
उनले संस्कृति ज्ञान केन्द्रको परीक्षाले ज्ञानलाई सीपमा बदल्ने, सीपलाई व्यवहारमा बदल्ने र त्यो व्यवहारलाई अझै राम्रो कसरी बनाउन सकिन्छ भनेर सकरात्मक दृष्टिकोण राख्न सन्देश दिने बताए ।
उनले हिन्दुत्व भनेको जीवन कसरी जिउने भन्ने दृष्टिकोण रहेको बताए ।
उनले भने,‘हिन्दुत्व भनेको जीवन कसरी जिउने, समाजलाई हेर्ने भन्ने हो । आज विश्व एकै ठाउँमा छ । हिजो विश्वसँग जोडिन गाह्रो थियो तर आज मोबाइलबाट सजिलै जोडिएका छौ ।’
उनले आफ्नो जीवनलाई अगाडि लैजान आफंैलाई चिन्न सक्नुपर्ने पनि बताए ।
प्रतिक्रिया