काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । जसमा महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक मध्याह्न १२ बजे बस्नेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको मध्याह्न साढे १२ बजे बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया