काठमाडौँ । स्थानिय बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजाेकाे तुलनामा आज ६ सयले बढ्दै एक लाख ७० हजार २ सय कायम भएको छ । सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो ।
प्रतिक्रिया