Logo

कला/साहित्य

उसले दिएको गुडिया नै जिन्दगी भरलाई याद बन्यो



दराजका लुगा निकाल्दै गर्दा जब उसले दिएको त्यो सानो गुडिया मेरो हात पर्यो अनि नचाहेर पनि म सोच्न बाध्य भए । मान्छेहरुलाई बद्लिन कुनै मौसम र समय नचाहिने रैछ । कुनै समय  संसारकै बहुमुल्य उपाहार मलाई मान्ने मान्छेले आज मेरै आँखा अगाडि पराईलाई छान्दै हिडेको पनि देख्न पाए । 

याद र विगत नै मिठा छन् । वर्तमान त पिडादायिक क्षण भन्दा अलवा अरु केही छैन । फेसबुकको त्यो भेटले हामी यतिसम्मको निकट हुन्छौ भन्ने सोचेको पनि थिइन । समयसँगै हामी निकट हुँदै गयौ। मायाको अर्थ के भनेर बुझाउने मान्छेले धोकाको पनि अर्थ बुझाएर गयौ । फेसबुकमा कुराकानि गरेको करिब २ बर्ष पछि हाम्रो प्रत्यक्ष भेट बसन्तपुरमा भएको थियो । भेटमा हामीले एक अर्काको खुब तारिफ गरेका थियौ । 

उसले मेरो आँखामा हेर्दै भनेको थियो । तिम्रो आँखा कति सुन्दर है । उसको तारिफमा मख्ख पर्दै म लजाएकि थिए । उसको घर शहरमा, मेरो घर हिमाली जिल्लामा तर मन र मायाले ठाउँ र सिमाना छुट्टाएन । हाम्रो भेटघाट बाक्लिदै गयो । भेटघाटसँगै माया पनि उत्तिकै गाढा हुँदै गएको महशुस हुँदै थियो । सन्देश क्षेत्री उसको नाम थियो । ऊ धनि परिवारको मान्छे म सामान्य परिवारको र पनि हामीबिचमा धनि गरिवको कुनै खाडल थिएन । मेरो नाम कुसुम भए पनि उसले मलाई सुकु भनेर जिस्काई रहन्थ्यो । माया गरेको मान्छेले जे भन्दा पनि प्यारो लाग्ने । उसले मलाई सुकु भन्दा पनि प्यारो लाग्थ्यो ।  

प्रेम दिवसको लहर चलि रहेको थियो । कहिले रोज डे, कहिले चक्लेट डे यस्तै विशेष दिनहरु मध्ये उसले मलाई टेडि डेमा दिएको यो गुडिया मेरो लागि विशेष थियो र अझै पनि विशेष नै लाग्छ । ऊ मेरो साथ नभए पनि यो गुडियालाई आफू देखि टाढा राख्ने हिम्मत सम्म जुटेन । उसले बाटो मोडे पछि मेरो एकोहोरो प्रयास निरार्थ रह्यो । उसलाई मेरो मात्रै मायाले नपुगे पछि हो मैले उ सँग दुरि बढाएको  । हाम्रो कुराकानि र हालखबर बारे एक अर्कालाई थाहा नभएको पनि धेरै बर्ष भई सकेछ तर जब यो गुडिया हातमा लिन्छु अनि अङ्गाल्छु अनि लाग्छ तिमी मसँगै छौ, मेरै आसपासमा छौ । फेरि सोच्छु यो त भ्रम हो मैले यथार्थमा जिउन सिक्नु पर्छ ।

गुनासो गरु  भने अर्थ छैन नगरु भने पनि यो मन मान्दैन । तिमी त स्वार्थी छैनौ सोच्थे ।आँखा चिम्लिएर भरोसा गरेको मान्छेबाट यसरी धोका पाइएला मैले कल्पना समेत गरेकि थिइन । आखिर कहाँ चुके म । भनेजस्तो थिइन भने मरिहत्ते किन गर्यौ ?, खोजेजस्तो थिइन भने रोजेजस्तो किन गर्यौ ?यस्तै यस्तै प्रश्नहरु मेरो मनमा उब्जि रहन्छन् ।

मेरो ऊ त यस्तो छ , मेरो ऊ त उस्तो छ भनेर सबैलाई सुनाउन मन लाग्थ्यो । उसको गुनगान गाउन पाउँदा मनमा छुट्टै  आन्नद छाउथ्यो । उसको याद जति त म आफ्नो ख्याल पनि राख्दिन थिए होला। बेलुका सुत्नु अघि र बिहान बुझिए पछिको मेरो काम नै उसलाई याद गर्ने बाहेक अरु हुन्थिएन । 

ऊ यति धेरै खास लाग्नुको रहस्य म आफैलाई थाहा छैन तर मलाई ऊ यति खास लाग्छ कि वयान गर्ने मसँग शब्द नै छैन  । जीवनको अन्तिम गन्तव्य नै उसलाई पाउनु थियो । तर यी सबै समयसँगै आएको भेल बाढि हो सोचेर म मेरो यात्रामा अघि बढेको लामो समय भयो । मैले उसलाई भुलेकि छैन । यो गुडिया मेरो लागि अक्सिजन बराबर छ तर गुडिया दिने मान्छे कहाँ छ , कता छ यो बारे बेखबर छु ।

 फेसबुकको भित्ताहरुमा उसलाई खुव खोजेकि थिए तर उसको फेसबुकको कुनै कुनामा म अटाउन सकिनछु । जिद्दी मनलाई सम्झाउन फेरि यो पनि सोच्छु कि धन्न छोडे छ यदि उसले  नछोडेको भए त मेरो पुरै जीवन निर्दयीसँग प्रेमको भिख माग्दै जान्थ्यो होला । ठिकै छ साचो मनले साथ दिन्छु भन्नेहरु पनि मसान घाट भन्दा पर जान सक्दैनन् तर फरक यति भयो कि तिमी त जिवनसँगै काट्ने सपना देखाएको मान्छेले विपना नै ध्वस्त बनाए पछि गुनासो गर्ने ठाउँ समेत भेटिन । मजधारमा थियो जीवन धोका र परिस्थितिले विकल्पमा मृत्यु रोज्न बाध्य नबनाएको पनि हैन तर मैले जिउदो लास झै भएको यो मन र शरिरलाई पुर्नजन्म दिए झै आफूलाई जिवित राखि रहे ।

तिम्रा यादहरु मेरा बाच्ने साहारा हुन् । हरेक बर्ष प्रेम दिवसको लहर चल्छ तर तिमी हरेक बर्ष आएको प्रेम दिवस झै आउँदैनो तर पनि तिमीले जिवनभरलाई याद स्वरुप छोडि दिएको यो गुडिया नै सम्हाल्छु र जतन गरि राख्छु ।

तिमीले बाटो बद्लियौ भन्दैमा मैले आफुलाई सहज बनाउन कुनै यात्रीको खोजि गरेकि छैन । बस् आफूले आफैलाई सान्त्वना दिदै जिन्दगिलाई अगाडि बढाउदै छु । तिम्रो व्यवहारले यो मन खुशि नभए पनि तिम्रो कुभलो होस् भन्ने  कहिल्यै सोच्दिन ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १ : ३१ बजे