Logo

राजनीति

नेपाल समाजवादी पार्टीको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदै



काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु हुँदै  छ ।

आज आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशन सुरु हुन लागेको हो

राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई महाधिवेशनले प्राथमिकता दिने छ ।

महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ ।

साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ । आजबाट सुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ११ : १२ बजे