Logo

कोशी

पाथीभरा केबलकारले पहिचानको प्रवद्र्धन र नागरिक जीवनस्तरमा सुधार ल्याउनेछ



ताप्लेजुङ । कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा मन्दिरसम्म पुग्न निर्माण भइरहेको केबलकार अहिले चर्चाको विषय बनेको छ। पाथीभरा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने दावी गर्दै सामाजिक सञ्जालमा यसका विरुद्ध भ्रम फैलाइँदा पनि, यस आयोजनाले तीर्थयात्री र पर्यटकहरूको लागि सहज यात्रा सुविधा पुर्याउने र स्थानीय अर्थतन्त्रमा सुधार ल्याउने विश्वास गरिएको छ।

केबलकारको निर्माण चार दशकअघि प्रस्तावित भए तापनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको थियो। नेपाल सरकारले २०७५ मा परियोजना निर्माणको अनुमती दिएको थियो। आइएमई समूहको प्रवेशसँगै निर्माणमा गति आएको छ र केबलकारका लागि सबै सरकारी अनुमतिहरू प्राप्त भइसकेका छन्।

पाथीभरा केबलकार २।७५ किलोमिटर लामो हुनेछ, जसमा ३६ वटा गोन्डोला र दुईवटा सामान ओसारपसार गर्ने गोन्डोला राखिनेछन्। तल्लो स्टेसनदेखि माथिल्लो स्टेसनसम्म पुग्न १० मिनेट ३१ सेकेन्ड लाग्नेछ। केबलकारको उपकरण र पार्ट्स विश्वप्रसिद्ध केबलकार कम्पनीको प्रयोग गरिनेछ।

केबलकार निर्माणपछि ३०० जनालाई प्रत्यक्ष रोजगारी मिल्नेछ, जसमा ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइनेछ। यसले स्वदेशी र विदेशी पर्यटकको संख्यामा वृद्धि गराउने र स्थानीय उत्पादन ९कृषि, हस्तकला० प्रवद्र्धनमा सहयोग पुर्याउने अपेक्षासमेत गरिएको छ।

आर्थिक विकास र स्वरोजगारीको अवसर सृजनासँगै केबलकार परियोजनाले पर्यटकीय गतिविधिमा वृद्धि गर्ने विश्वास छ। यसका अतिरिक्त, केबलकारको निर्माणमा लगानी गरिएको नाफाबाट सामाजिक उत्तरदायित्व कार्यक्रमहरूमा पनि योगदान दिइनेछ, जसमा स्वास्थ्य र शिक्षा जस्ता स्थानीय आवश्यकताहरूको विकास हुनेछ।

तर, केही व्यक्तिहरूले केबलकार निर्माणमा अवरोध सिर्जना गर्ने प्रयास गरिरहेका छन्, जसले निजी लगानीलाई दुरुत्साहन गर्ने खालका आक्षेपहरू लगाएका छन्। आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो परियोजना स्थानीय जनताको हितमा रहेको र कुनै पनि बहानामा अवरोध नगर्न सबै सरोकारवालामा आग्रह गरेका छन्।

ढकालले भने, “केबलकारले पाथीभरा मन्दिरको दर्शनलाई सहज बनाउने र यहाँका धर्म र संस्कृति जोगाउने काम गर्नेछ।”

केबलकार परियोजना राष्ट्रव्यापी पर्यटनको प्रवद्र्धन र निजी क्षेत्रको लागि एउटा मील का पत्थरको रूपमा हेरिएको छ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ३ : १९ बजे